प्रतिनिधि सभा पुनस्थापित हुँदैन, ढुक्कले निर्वाचनमा लाग्नुस् : प्रधानमन्त्री ओली

६ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसद विघटन भएर निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा संसद पुनस्थापित नहुने दाबी गर्दै निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नुवाकोटका अगुवा कार्यकर्ताहरुलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अब निर्वाचन हुन्छ या हुँदैन भन्ने भ्रममा नपरी जनतामा जान निर्देशन दिए ।साथै उनले सबै पार्टी र जनवर्गीय संगठनहरु पुनर्गठन गर्न पनि भनेका छन् । उनले प्रचण्डलाई लक्षित गर्दै कतिपय नेताले युवाहरुलाई भड्काउन खोजेको आरोप लगाए । तर आफूहरु हिंशामा नभई शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको जिकिर गरे । अब लडाकु र निर्वाचनमा नाममा हिजो जसरी अनियमितता भयो अब त्यस्तो हुँदैन ओलीले भने ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।