पूर्व प्रधानन्यायधीशको विज्ञप्तिप्रति प्रधानमन्त्रीको आपत्ति, बैशाखमा चुनाव हुने ठोकुवा

२५ पुष,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्व पधानन्यायधीशले संसद विघटन असंवैधानिक भनेर दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो समुहका युवा संघको भेलालाई संवोधन गर्दै चार पूर्व प्रधानन्यायधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका हुन् । शुलीला कार्की, मीन बहादुर रायमाझी, कल्याण श्रेष्ठ र अनुपराज शर्माले हिजो विज्ञप्ति जारी गरेर संसद विघटन असंवैधानिक भनेका थिए । ओलीले यो विज्ञप्तिलाई न्यायलयमाथिको धम्कीको अर्थमा ब्याख्या गरेका छन् । स्वतन्त्र न्यायलयलाई नधम्क्याउन उनले आग्रह गरेका हुन् ।साथै उनले आउने बैशाखमै निर्वाचन हुने भएकाले आँधी बेहरी ल्याउन कार्यकर्तालाई निर्देशन दिए । आफू पटक पटक मर्दै बाँच्दै लोकतन्त्रलाई मास्न नभई रक्षा गर्न आएकाले निर्वाचन गराएरै छाड्ने उनले बताए ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।