२१ पुष,काठमाण्डौ ।
देशभर पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा संक्रमण भेटिएको हो ।मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यीमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्
।पछिल्लो २४ घण्टामा ५ सय ७८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । मन्त्रालयकाअनुसार थपिएको संख्यासँगै २ लाख ५५ हजार ६ सय ६६ जनाले कोरोना संक्रमण जितेका छन् ।त्यस्तै, पछिल्लो २४ घण्टा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार थपिएका ८ जनासहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ जना पुगेको छ ।






