२ पुष,काठमाण्डौ ।
आज नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५८८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगै अहिले सम्म संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ ।यसै गरी आज ९४७ कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । अब देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।






