१ पुष,काठमाण्डौ ।
नेपालमा आज ७३६ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा ती संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जना संक्रमितको संख्या पुगेको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् ।
यसै गरी २४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ जना पुगेको छ । त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ । देशभरि अब सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ ।






