काठमाडौंः सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएका सञ्चारकर्मी तथा गायक रमेश प्रसाईले विवाह गर्ने भएका छन् ।
रिंकेबुङको राँगो’ बोलको गीत गाएर पछिल्लो समय कुशल प्रस्तोता तथा समालोचकका रुपमा रहेका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लागेका हुन् ।
तीन वर्ष देखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच मंसिर २२ गते विवाह हुन लागेको जनाइएको छ ।
समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईबीच धरानमा सामान्य थरिकाले विवाह हुन लागेको छ ।
गायक प्रसाई र कल्पना दाहालले ईन्द्रेणीमा गाएको दोहोरीसंगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो ।







