१६ मंसिर,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ८ हजार ५ सय८३ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २
लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ ।






