गुल्मीः गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ ।
गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल लगिएका उनको बिहान ९ः५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा गाउँपालिकाको हुलबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप सडकबाट खसेको थियो ।
जिपमा चालक र सहयोगीसहित ९ जना थिए । घुम्तीमा मोड्दा जीप खसेको थियो ।
घटनामा चालक बुद्ध बस्नेत र सहयोगी कमाल हितान भने सकुशल रहेको बुझिएको छ ।
घटनामा मृत्यु हुनेहरु
इस्माका ६५ वर्षीय डम्बर हितान
१९ वर्षीय पर्शुराम थापा
३३ वषीय शिव दर्लामी
३० वर्षीय वसन्त दर्लामी
३३ वर्षीय धनबहादुर अछामी
मालिका गाउँपालिकाकी ८० वर्षीया सुन्दरी थापा
घाइते २८ वर्षीया सरस्वती दर्लामी







