नेपालमा थप १९८० जनामा कोरोना पुष्टी, १६ जनाको मृत्यु

८ मंसिर,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । १० हजार ३ सय ८१ पीसीआर परीक्षण गर्दा १९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षणहरु गरिएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।