८ मंसिर,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी सीमा क्षेत्र ओलाङचुङ गोलातर्फ उडेका छन् । यसअघि पार्टी भित्र सचिवालयको बैठक र विवादका कारण भ्रमण रोकिएको थियो । आज प्रधानमन्त्री ओलीले ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ । आज प्रधानमन्त्री पुगे पछि फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै
छ ।ओलीसँगै नेता सुवास नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई र एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राई पनि पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ताप्लेजुङको कार्यक्रम सकिए पछि ईलाम जाने बताईएको छ । यस अघि प्रधानमन्त्रीले कार्तिक २५ गते संखुवासभाको किमाथांका नाका र अरुण तेस्रो परियोजनाको अवलोकन गरेका थिए ।






