नेपालमा १९४५ जना कोरोना संक्रमित थपिए,२२ को मृत्यु

५ मंसिर,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यस्तै आज ५ हजार ३६४ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म एक लाख ९१ हजार २ जना कोरोनामुक्त भएका छन् । यसै गरी कोरोनाबाट आज देशभर २२ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेका छन् । अब क्वारेन्टीनमा ७५३ जना रहेका छन् । हाल सम्म नेपालमा १६ लाख ४३ हजार ८९९ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।