नेपालमा थप १,४४२ जनामा कोरोना पुष्टी

३ मंसिर,काठमाण्डौ ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । देशभर ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ती संक्रमितहरु फेला परेका हुन् ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए ।हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । अब सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । यसै गरी कोरोना मुक्त भएर गत २४ घण्टामा ३५ सय ३८ जना घर फर्किएका छन् । हाल सम्म कोरोना जीत्नेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।