नेपालमा थप १,४७७ जनामा कोरोना पुष्टी

३० कार्तिक,काठमाण्डौ ।
नेपालमा आज पनि कोरोना संक्रमितको संख्या हिजोको तुलनामा केही कम देखिएको छ । आज १४ सय ७७ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो १९ सय बढी संक्रमित थपिएका थिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । यसै गरी कोरोना संक्रमित निको हुने दर पनि बढेको छ । आज पनि संक्रमित भन्दा बढी २७ सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सगैँ निको हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ । अब सक्रिय संक्रमित ३५ हजार १२५ जना रहेका छन् । आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो पछिल्ला दिनहरुको तुलनामा कमी हो । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय २१ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।