२४ कार्तिक,काठमाण्डौ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ ।
ती पुरुषलाई निमोनिया भएको थियो । अस्पतालमा कोभिड निमोनियाको उपचार गराइरहेको उनको निधन भएको अस्पतालले जनाएको छ । यस्तै डायबिटिजको समस्या भएका युवकको
उपचारको क्रममा मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । कार्तिक १२ गते अस्पताल भर्ना भएका उनमा सुरुमा कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । छातिमा दाग, डायबिटिज र किड्नीसमेत सामान्य समस्या आएको उनमा हिजो परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि कोभिड आइसियूमा राखेर उपचार गर्ने क्रममा उनको राति नै मृत्यु भएको डा. थपलियाले जानकारी दिए ।






