नेपालमा एक दिनमा कोरोनाले ३० जनाको मृत्यु

१९ कार्तिक,काठमाण्डौ ।
नेपालमा कोरोनाबाट मृत्यु हुने क्रम बढीरहेको छ । पछिल्लो २४ घण्टा अर्थात् एकदिनमा ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । नेपालमा दिन दिनै कोरोना संक्रमित बढीरहेको छ । आज देशभर १३ हजार १४४ जनामा गरिएको परीक्षणमा ३३ सय ९ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर भुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । यसै गरी आज थपिएका मध्य आधा भन्दा धेरै १८७८ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाण्डौमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसन ६७८० जना रहेका छन् । गत २४ घण्टामा कोरोना जीतेर ३८ सय ४४ जना डिस्चार्ज भएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या एक लाख ४४ हजार ८७८ जना पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।