आर्यघाटमा महराले गरे पत्नीको अन्तिम बिदाइ

१९ कार्तिक,काठमाण्डौ ।
पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको अन्तिम बिदाइका लागि आर्यघाट पुगेका छन् । कोरोना संक्रमित सीताको उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौं ल्याइएको थियो ।नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।