स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध मुद्दा दर्ता, एक वर्ष कैद सजाय माग

१७ कार्तिक,काठमाण्डौ ।
सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरूद्ध पेश भएको अवहेलना निवेदन दर्ता गरेको छ । यसअघि आइतबार पेश भएको उक्त निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम रहेकोमा अदालतले प्रधानमन्त्री ओलीको नाम हटाएर स्वास्थ्यमन्त्री ढकालविरुद्ध उक्त निवेदन आज दर्ता गरेको हो । दर्ता भएको उक्त निवेदनमा स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्यमन्त्रालयलाई विपक्षी बनाइएको छ । मुद्दामा स्वास्थ्यमन्त्री ढकाललाई अधिकतम १ वर्ष कैद सजाय र दश हजारसम्म जरिवाना तिराउन पनि उक्त निवेदनमा माग गरिएको छ । आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरूद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश गरेका थिए ।

असोज १५ गते सर्वोच्च अदालतले सरकारी निकायबाट कोरोना उपचार गर्दा शुल्क नलिन आदेश गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।