१५ कार्तिक,काठमाण्डौ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको भन्दै मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र स्वास्थ्य आपत्काल घोषण गर्ने मस्यौदा तयार पारेको छ । यस्तै बितेको २४ घण्टामा काठमाण्डौ उपत्यकामा १
हजार ३ सय ५७ कोरोना भाइरसको संक्रमित थपिएका छन् । जसमा ७८८ पुरुष र ५६९ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा मात्र १० हजार ५०१ जना होम आइसोलेसनमा छन् । ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा हुँदा भक्तपुरमा भने १७ सय १९ जनामात्र छन् ।
६१ हजार ८५५ संक्रमित भएको काठमाडौंमा मात्र १६ हजार ८९० सक्रिय संक्रिमत पुग्दा ४४ हजार ७४६ जना डिस्चार्ज भएका छन् । काठमाडौंमा मात्र २१९ जनाको मृत्यु भएको छ । त्यसैगरी पाँच हजार ६९९ संक्रमित रहेको भक्तपुरमा चार हजार ४८२ जना डिस्चार्ज भएका छन् भने ११ सय ५१ जना सक्रिय संक्रमित छन् । ६६ जनाको भने मृत्यु भइसकेको छ ।
आठ हजार ७९४ संक्रमित भएको ललितपुरमा ६ हजार ४३१ जना डिस्चार्ज भएका छन् । दुई हजार ३०३ सक्रिय संक्रमित छन् भने ६० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । File Photo







