नेपालमा थप २५०८ जनामा कोरोना पुष्टी

१५ कार्तिक,काठमाण्डौ ।
नेपालमा २५ सय आठ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकाे छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा १३५७ सहित २५ सय आठ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।