६ कार्तिक, काठमाण्डौ ।
बुधबार काठमाण्डौमा शल्कृया मार्फत् दश बर्षको पेटबाट करिब १ किलोग्राम जुका निकालिएको छ । शल्यकृयामा सहभागी डाक्टर हिमाल भण्डारीले सामाजिक संजाल फेसबुकमा शल्यकृयापछि जुकाको तस्विर पोष्ट गरेका थिए । डाक्टर भण्डारीले सो फोटो संगै देशको जनस्वास्थ्यको अबस्थाले गिज्याईरहेको समेत लेखेका छन् ।
फेसबुकमा भण्डारीले यस्तो लेखेका छन् “जुकाले आन्द्रा नै बन्द गरिदिएको र बिरामीको शल्यक्रिया मार्फत जुका हरू निकालिएको थियो।”धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् ।
यो रोग लागेमा बिरामीले खाएको खाने कुराको पोषक तत्व जुकाले खाईदिन्छ । व्यक्तिको शरीरमा लाग्दैन र पीडित व्यक्ति जति खाएपनि दुब्लो-पातलो र कमजोर देखिन्छ । लामो समयसम्म यो रोगको उपचार नगरे रोगीलाई एनिमिया, कुपोषण, एलर्जि तथा छारेरोग लाग्ने संभावना बढि हुन्छ ।जुँका पर्नुका कारणहरु : जुकाहरु सानो आन्द्रामा बस्छन् । फर्टिलाईजेशन (गर्भाधान) गरेपछि पोथीजुकाले लाखौंको संख्यामा फुल पार्छे । जुन फुल मानिसको दिशाबाट बाहिर निस्कन्छन् । अनुकुल वातावरणमा यि फुलहरु रोगजन्य हुन्छन् ।
यि फुलहरु दुईदेखि तीन सप्ताहमा सक्रिय लार्भा हुन्छन् । मानिसले जुकाको फुल खाएपछि संक्रमण सुरु हुन्छ । जुका पेटभित्र पर्ने होइन, खाएपछि मात्र बाहिरबाट पेटमा पर्ने हो । जुकाका फुलहरु सानो आन्द्रामा विकशित हुन्छन् र गतिशिल लार्भा बन्दछन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिने पट्टी मुटुमा पुग्छन् । त्यसपछि पुन: फोक्सोबाट घाँटीमा आइपुग्छन् । त्यसपछि अन्न नली हुँदै आमाशयमार्फत पुन: सानो आन्द्रामा पुग्छन् । यसप्रकार जुकाको जीवन चक्र चलिरहन्छ ।







