नेपालमा कोरोनाले अहिले सम्मकै सबै भन्दा धेरैको मृत्यु

५ कार्तिक,काठमाण्डौ ।
नेपालमा कोरोना शुरु भए यताकै एकै दिन सबै भन्दा बढी संक्रमित र मृत्यु एकै दिन देखा परेको छ । आज देशभर ५ हजार ७४३ जनामा कोरोना पुष्टी हुँदा सबै भन्दा धेरै एकै दिन २६ जनाको ज्यान समेत गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।