५ कार्तिक,काठमाण्डौ ।
भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ । उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् ।
नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् । भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाल स्थित भारतिय दुतावासले केही बताएको छैन । अनलाइन खबरले लेखेको छ ।






