कोरोनाको जोखिममा काठमाण्डौ,एकदिनमा ३ हजार संक्रमित

५ कार्तिक,काठमाण्डौ ।
नेपालमा कोरोनाको केन्द्र बन्दै गएको काठमाण्डौं उपत्यकामा बितेको २४ घण्टामा हाल सम्मकै सबै भन्दा धेरै अर्थात् ३ हजार १ सय ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।
आज थपिएका संक्रमितहरु मध्ये काठमाण्डौंका २ हजार ३ सय ९१, ललितपुरका ५ सय ४३ र भक्तपुरका १ सय ७३ जना हुन् । दँशै नजिकिदै जादाँ भईरहेका भीड, ओहोरदोहोर र संक्रमितको उपचारका लागि आईसोलेसनको व्यवस्थापन नभएर संक्रमित घरमै बस्नु परेका कारण पनि थपिएका संक्रमितको उपचार समस्या बढ्दै गएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।