३५२ वर्ष पुरानो सम्पदा पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न आज उद्घाटन!

काठमाडौं- पुनःनिर्मित ऐतिहासिक रानी पोखरीको उद्घाटन आज बुधबार राष्ट्रपतिबाट  भएको छ ।

भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानी पोखरी पुनःनिर्माणको काम सम्पन्न भइसकेकाले औपचारिक उद्घाटन  भएको छ ।

३५२ वर्ष पुरानो सम्पदा,  भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ ।

उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो ।

शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म  पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन ।

२०७५ माघ १४ मा रानीपोखरी  पुनःनिर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो ।

भूकम्प गएकै बर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो।photo google file

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।