३ कार्तिक,काठमाण्डौ ।
काठमाण्डौ उपत्यकामा बितेको २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । जस मध्ये काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना हुन् । देशभर संक्रमित मध्य उपत्यकामा मात्रै ६० प्रतिशत भन्दा बढी रहेका छन् । बाक्लो भीड, थुप्रो संख्यामा रहेका कार्यलयहरु जस्ता ठाँउहरुमा संक्रमण बढेका छन् ।
उपत्यकामै संक्रमितले उपचार पाउन समेत मुस्किल पर्न थालेको छ । सरकारी अस्पतालमा रहेका सीमित आइसोलेसन भरीभराउ छन् । धेरै मात्रामा संक्रमितहरु घरमै बस्न बाध्य छन् ।






