नेपालमा थप ३,७९० जनामा कोरोना पुष्टी

३ कार्तिक,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । आज १५ हजार ७ सय ४३ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । संस्थागत आईसोलेसनमा १३ हजार ८ सय ५१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् ।
आज २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ जना रहेको छ । क्वारेन्टीनमा ४ हजार बढी रहेका छन् ।
यस्तै २४ घण्टामा देशभर गरी १८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।