नेपालमा कोरोना उपचार र परिक्षण खर्च सरकारले नब्यहोर्ने

२ कार्तिक,काठमाण्डौ ।
नेपालमा सरकारले कोरोना संक्रमितको उपचार खर्च र परीक्षण शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्नेछ । नागरिकले परीक्षण शुल्क र उपचार खर्च आफैले व्यहोर्नु पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । यस अघि भने कोरोना परीक्षण र उपचार सबैको निशुल्क हुँदै आएको थियो । अग्रपक्तिमा खटिएकाहरुको पनि बीमा गरेको अवस्थामा बीमाबाट कटाउने प्रवक्ता गौतमले जानकारी दिए । ‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।