नेपालमा २४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टी

३० आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । १६५३१ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । संस्थागत आईसोलेसनमा ३७ हजार ३ सय ८२ जना रहेका छन् । आज ३ हजार ५२२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ८ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।