२८ आश्विन,काठमाण्डौ ।
उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैसँग राखेका छन् । भारतीय स्थलगतसेनाध्यक्ष नेपाल आउनु पुर्ब सन्ध्यामा रक्षामन्त्रालयको प्रमुखबाट पोख्रेललाई हटाईनुले अर्को तरङ ल्याएको छ ।






