२८ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ९ सय ४७ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ६७ पुगेको छ । संस्थागत आईसोलेसनमा १४ हजार ८ सय १९ जना रहेका छन् । होम आईसोलेसनमा २१ हजार ५ सय ४८ रहेका छन् । आज २ हजार १ सय ७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ जना रहेका छन् ।






