२७ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । देशभर १५ हजार ५ सय ७७ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना पोजेटिभ फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना रहेका छन् । आज १५ सय ३ जना रोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० जना रहेका छन् ।






