नेपालमा कोरोनाको नयाँ रेकर्डःएक दिनमा ४,३६४ नयाँ संक्रमित थपिए कुल संख्या करिब एक लाख

२२ आश्विन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको कोरोना परिक्षणका आधारमा ४ हजार ३६४ नयाँ संक्रमित पुष्टी भएको छ । यो अहिले सम्मकै सर्बाधिक धेरै संक्रमित संख्या हो । देशभर १८४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ९८६१७ पुगेको छ । यही दरमा संक्रमित थपिए अबको २४ घण्टामा नेपालमा संक्रमितको संख्या एक लाख पुग्ने देखिएको छ । नेपालमा २६६८४ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आईसोलेसनमा ११७१७ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । आज २६७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।