२० आश्विन,काठमाण्डौ ।
गत २४ घण्टामा देशभरबाट २३ सय ४० जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज २३ सय ४० जना डिस्चार्ज भएसंगै हालसम्म ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २२ हजार ७ सय ९ सक्रिय संक्रमित रहेका छन् । यस्तेमा हाल होम आइसोशलेसनमा १३ हजार ५ सय ९१ , संस्थाथत आइसोलेशनमा ९ हजार १
सय १८ जना रहेका छन् ।मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्इ ७४.५२ प्रतिशत निको भएका छन् । कोरोना संक्रमणका कारण मंगलबार ९ जनाको मृत्यु भएको छ । आज ४ जना महिला र ५ जना पुरुष गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यका बाहिर मृत्यु हुनेहरुमा तेर्हथुमका ३१ वर्षीया पुरुष , सुनसरीका ६४ वर्षीया पुरुष , चितवनका ७० वर्षीया पुरुष , नवलपरासीपूर्वकी ७७ वर्षीया महिला रहेका छन् ।
यस्तैमा काठमाडौँ उपत्यकामा काठमाडौँकी ५९ , ६० वर्षीया दुइ महिला , ललितपुरकी ६७ वर्षीया महिला र ललितपुरकै ६१ , ७७ वर्षीया दुइ पुरुषले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका हुन् । मन्त्रालयका अनुसार हाल २४३ जना आइसीयुमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै कुल कोरोना संक्रमित मध्य ०.६२ प्रतिशत अर्थात ५ सय ६३ जनाको मृत्यु भइसकेको छ ।







