बुटबल: नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ ।
आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस,भाेली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे नगर सभापति खेलराज पाण्डेले बताए ।







