१७ आश्विन,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन अपील गरेका छन् ।
तर सगैँ परिक्षण गरिएका प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । उपत्यकामा संक्रमण तीव्र बन्दै गएका बेला सरकारी ओहोदाका व्यक्तिहरु पनि संक्रमित हुन थालेका छन् ।यस्तै शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज २ महिला र ६ पुरुष गरी ८ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुासर आज काठमाडौँ उपत्यकामा काठमाडौँका ८३ र ६८ वर्षीया दुइ पुरुष , ललितपुरका ६७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।यस्तै काठमाडौँ उपत्यका बाहिर सुनसरीकी २८ वर्षीया महिला , सिन्धुपाल्चोकका ४१ , दोलखाका ६५ , कैलालीका ७९ वर्षीया पुरुष र चितवनकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।







