युवराज खतिवडालाई अमेरिकाका लागि राजदुतमा नियुक्त गर्ने निर्णय

१५ आश्विन,काठमाण्डौ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार समेत रहेका पुर्व अर्थमन्त्री युवराज खतिवडालाइ अमेरीकाको लागी राजदुतमा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाइ बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक पनि बताए । रेग्मीले दिएको राजीनामालाइ बैठकले स्वीकृत दिदै बेलायतका लागी राजदुतमा सिफरीस गरेको बताए । रेग्मीको राजीनामा संगै रिक्त रहेको मुख्यसचिवमापरराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको उक्त मन्त्रीले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।