नेपालमा थप १५ सय ५९ कोरोना संक्रमित पुष्टी

१४ आश्विन,काठमाण्डौ ।
नेपालमा आज १५ सय ५९ संक्रमित थपिएका छन् । आज १२ हजार २०५ जनामा गरिएको परीक्षणमा १५ सय ५९ जना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेका छन् । सक्रिय संक्रमित २०८९१ जना रहेका छन् ।२४ घण्टामा एक हजार ५७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।