काठमाण्डौ उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थपिए

६ आश्विन,काठमाण्डौ ।
बितेको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६ सय ४७ नयाँ कोरोना संक्रमित पुष्टी भएका छन् ।स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौँमा ५ सय ११ जना , भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५६ नयाँ संक्रमित थपिएका छन् । अहिले सम्म देशभर ६६ हजार ६ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टी भएकोमा ४८ हजार ६१ जना भने निको भएर फर्किएका छन् । कोरोनाभाईरसकै कारण देशभर यो समचार तयार पार्दा सम्म ४ सय २९ जनाको मृत्यु भएको छ । अहिले ७ हजार १ सय ७१ क्वारेन्टाइनमा रहेका छन् । भने,१८ हजार १ सय ४२ जना आईसोलेसन्मा रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।