२ आश्विन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईसको संक्रमण बाट बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँका ८५ वर्षीया महिला , काठमाडौँकै ८८ वर्षीष पुरुष , भक्तपुरका ८२ वर्षीया पुरुष , ललितपुरकी ६६ वर्षीषय महिलाले ज्यान गुमाएका छन् । यसैगरी आजै मोरंगका ६६ र ६६ वर्षे दुइ पुरुष र नवलपरासीका ३१ वर्षीया
पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ०.६३ प्रतिशत अर्थात ३९० जनाले ज्यान गुमाएका छन् । यस्तै नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा मात्रै अहिले सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित पुष्टी भएको छ । यो संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार हाल १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।






