रुपन्देही काे क्‍वारेन्टिनमा २५ बर्षीय युवाले गरे आत्महत्या

बुटवल : रुपन्देहीको देवदहमा क्‍वारेन्टिनमा बसेका एकजनाले आत्महत्या गरेका छन्। देवदह नगरपालिका ४ सेमरास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्‍वारेन्टिनमा बसेका स्थानीय २५ वर्षका एक युवाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर खत्रीले बताए।

भदौ १७ गते भारतबाट आएर क्‍वारेन्टिनमा बस्दै आएका उनी भोलि शुक्रबार घर फर्किने बताइएको थियो। उनले क्‍वारेन्टिनको बाहिरपट्टि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

५ दिन अघि उनको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा आज उनको रिपोर्ट आएको छ। रिपोर्ट नेगेटिभ आएको छ।याे दाेस्राे आत्महत्या हाे सोही क्‍वारेन्टिनमा बसेका एक युवाले पहिलाे पनि आत्मदाह गरेका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।