पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको बताउनुभयो ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार २ सय ६० जना छन् भने ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।