गुल्मीको एउटै गाउपालिकामा १८ जनामा कारोना संक्रमण!

गुल्मी, भाद्र २६ । तुल्सिराम भण्डारी :बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ अर्थात् कारोना भाइरस गुल्मीमा पनि समुदाय स्तरमा फैलन थालेको छ । शुक्रबार एकै दिन गुल्मीमा १९ जना कारोना संक्रमित थपिएका छन् । प्रदेश ५ स्वास्थ्य प्रयोगशालामा १८ जना र चौराहा हस्पिटलमा १ जना गरि १९ जनामा कारोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस अघि चन्द्रकोट गाउपालिकाको बिभिन्न वडाका समुदाय स्तरमा गरिएको रेन्डम स्वाब नमुना परिक्षणमा  जनप्रतिनिधी ,बैङकका कर्मचारी,साथै ब्यबसायी ७ जनामा कोरोना संक्रमण पुष्टि भयपछि। संक्रमितकाे कन्ट्याक्ट् मा आयकाहरु काे स्वाब परिक्षण गरिएको थियाे ।जस्स मध्ये चन्द्रकोट गाउँपालिकामा १८ जना र मुसिकोट नगरपालिकामा १ जनालाई पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानाकारि दिए । ८ जना महिला र ११ जना पुरुषमा कारोना पुष्टि भएको छ भने संक्रमित हुनेहरुमा १० बर्ष देखि ७२ बर्ष समुह उमरका रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी आर्चायले बताए ।

हाल सम्म जिल्लामा कारोना संक्रमितको संख्या ४ सय ४९ जना रहेका छन् । संक्रमित सबैको अबस्था सामान्य रहेको छ । ३ सय ९० जनाले गुल्मीमा कारोना भाइरसलाई जितिसकेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ ।(gulminews.com)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।