भदौ२६काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण हिजोको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियाे।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक स्थगित भएको थियाे ।
मन्त्रिपरिषद्को अबको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र सरकारका प्रवक्ताको टुंगो लगाउने तयारी भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए ।
त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ । त्यसका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई समेत सुरू भइसकेको छ ।
कुलमानको पुनर्नियुक्तिबारे पनि आज मात्रै निर्णय हुने छ।







