बलिउड नायिका कंगना रनावतको मुम्बइ अफिसमा डोजर चलेको छ

भाद्र२४ बुधबार; बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनाले नया मोड लिदै जादा बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो ।

बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस भत्काएका छन् ।बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात नायिका कंगना रनावतले निरन्तर आवाज उठाउँदै आएकी छिन् ।

आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् । कंगनाले बीएमसीको विरुद्धमा उच्च न्यायलयमा उजुरी दिएकी छिन् ।

कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र त्यसलाई तोडेको उल्लेख गरेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।