नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टी

२३ भाद्र,काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आजै कोरोना परिक्षणका लागि स्वाब दिएका कोइरालाको रिपोर्ट आजै आएको हो ।कोइरालाको सचिवालयले कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको हो । सचिवालयको पुष्टी लगत्तै कोईरालाको आधिकारिक फेसबुक पेज मार्फत् पनि सो जानकारी गरिएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।