२३ भाद्र,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।कोरोनाबाट अहिले सम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ५ हजार ३ सय ३२ जना रहेको मन्त्रालयले जनाएको छ ।






