नेपालमा थप ९ सय ८० जनामा कोरोना पुष्टी

२१ भाद्र,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईतवारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिईएको हो । नयाँ कोरोना संक्रमित सगैँ देशभर कोरोनाभाईरसको कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।त्यस मध्य सक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार २ सय १ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।कोरोनाबाट अहिले सम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८ सय १४ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।