खतिवडाले दिए राजीनामा

१९ भाद्र,काठमाण्डौ ।
अर्थ सहित सञ्चार तथा सूचना प्रविधिमन्त्री र डा.युवराज खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएका छन् । खतिवडाले प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । खतिवडाको पदाबधि शनिबार सकिदै थियो । खतिवडाको गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद बिहीन भएका थिए । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ । File Photo:Social Media

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।