काठमाण्डौ उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टी

१९ भाद्र,काठमाण्डौ ।
कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमण दिन प्रति दिन बढ्दो मात्रामा छ । बितेको २४ घण्टामा उपत्यकामा ४५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा ३८६ , ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका हुन् । देशैभर ४४ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ ।File Photo*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।