नेपालमा कोरोनाले ४ बर्षीया बालिका सहित ११ जनाको मृत्यु

१६ भाद्र,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ बर्षीया बालिका सहित ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । एक बालिका र दश पुरुष गरी थप ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराए । यो सगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ३९ पुगेको छ । आज मृत्यु हुनेमा पर्साका ५३वर्षे , ८० वर्षे ,६० वर्षे पुरुषको कोरोना बाट निधन भएको छ । त्यस्तै बाराका ६० वर्षे पुरुष , चितवनका ५२ वर्षे, महोत्तरीका ३७ वर्षे , सिरहाका ६५ वर्षे , मकवानपुरका ५८ वर्षे पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो । यसैगरी काठमाडौँका ७० र ३५ वर्षे पुरुषको पनि आजै कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गरे । नेपालमा कुल कोरोना संक्रमित मध्य ०.५९ प्रतिशतले आफ्नो ज्यान गुमाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।